२०८३ बैशाख २६ गते , शनिबार

काँकडभिट्टा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

sajilo news
झापा
२०७९ फाल्गुन २७ गते , शनिबार
काँकडभिट्टा क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

काँकडभिट्टा । स्ववियुको मनोनयन दर्ताकै दिन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले काँकडभिट्टा क्याम्पसमा ताला लगाएको छ ।

क्याम्पसले अनेरास्ववियुलाई बेवास्ता गरी निर्वाचन कार्यक्रमलाई अगाडि बढाएको आरोप लगाउँदै अनेरास्ववियुले ताला लगाएको हो । अनेरास्ववियुले केही दिनदेखि राखेको आफ्नो माग सम्बोधन नभएको जनाएको छ ।अनेरास्ववियुले आचारसंहिता जारी भए पश्चात् भर्ना भएका विद्यार्थीहरूले स्ववियु निर्वाचनको चुन्ने चुनिने प्रक्रियामा भाग लिन पाउनु हुँदैन भन्ने माग राखेको छ ।

सम्बन्धित समाचार