२०८३ बैशाख २६ गते , शनिबार

प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनले भने : हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

sajilo news
झापा
२०७९ चैत्र ८ गते , बुधबार
प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनले भने : हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा आज बिहान लेख्दै अध्यक्ष लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई सम्भव भएअनुसार चाँडो भन्दा चाँडो बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने आग्रह पनि गरेका छन् । उनले सरकारले जनताको माग पुरा नगरेमा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन् जो तपाईँ स्वयमलाई थाहा भएको भन्दै कटाक्ष समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले एक युवकको मुख थुनेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनालाई लिएर अध्यक्ष लिङ्देनले यस्तो सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? @cmprachanda चाँडो भन्दा चाँडो बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्,युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् …जो सम्भव छ । अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन् जो तपाईँ स्वयमलाई थाहा छ ।’

सम्बन्धित समाचार