२०८३ बैशाख २६ गते , शनिबार

कोसी प्रदेशमा वाइसीएलको डिजिटल सदस्यता वितरण सुरु

sajilo news
झापा
२०७९ चैत्र १३ गते , सोमबार
कोसी प्रदेशमा वाइसीएलको डिजिटल सदस्यता वितरण सुरु

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले कोसी प्रदेशमा डिजिटल सदस्यता वितरण गरेको छ । आइतबार कोसी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट सो संगठनले डिजिटल सदस्यताको उद्घाटन गरेको हो । आज एक कार्यक्रमका विच वाइसीएल नेपालका केन्द्रीय सचिव तथा कोसी प्रदेशका इन्चार्ज कर्म पुलामी मगरले सो डिजिटल सदस्यता उद्घाटन गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि पुलामीले युवा संगठनलाई सुदृढीकरण गरी अभियान मार्फत युवा जागरण ल्याउन युवालाई निर्देशन दिएका थिए । प्रमुख अतिथि पुलामीले गणतन्त्र र सङ्घीयता विरोधी गतिविधि गर्ने विरुद्ध खबरदारी गर्न पनि उनले युवाहरूलाई प्रशिक्षण दिए । उनले वाइसीएललाई जनताको सहारा बनी जताको आशा र भरौसा बन्न निर्देशन दिँदै युवा संगठनलाई व्यवसायी बन्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले पार्टी भित्र रहेको गुट उपगुटको अन्त्य गरी पार्टी र संगठनका नेताहरुलाई विधिमा रहेर काम गर्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले नेताहरूमा युवाहरूको भावना बुझ्ने र प्रविधिको ज्ञान भएन भने नेता हुन गार्हौ हुने भएको हुनाले सम्पूर्ण युवाहरूलाई प्रविधिसँगै अगाडि बढ्न निर्देशन दिए ।

कार्यक्रममा वाइसीएल नेपालका प्रदेश इन्चार्ज पुलामी, विशेष अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगरका अध्यक्ष छिरिङ लामा, वाइसीएल नेपालका केन्द्रीय सदस्य दिलविक्रम लिम्बू, नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार होम रायमाझी, वाइसीएलका केन्द्रीय सदस्य मनेस आङबो, प्रदेश सदस्य दीपेश खुलाल, वाइसीएल नेपालका तेह्रथुम जिल्ला अध्यक्ष गोपाल लिम्बूको आतिथ्य रहेको थियो ।

वाइसीएलले कोसी प्रदेशमा रहेको १ सय ३७ स्थानीय तहमा संगठनले सम्मेलन गर्ने साथै १ हजार १ सय ५७ वडाहरूमा १ सयका दरले सदस्यता वितरण गर्ने योजना बनाएको छ। संगठनले वैशाखको पहिलो हप्तामा सबै वडामा सम्मेलन गरी कोसी प्रदेशमा १ लाख १५ हजार ७ सय सदस्यता वितरण गर्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार