२०८३ बैशाख ५ गते , शनिबार

आजदेखि एसइई परीक्षा सुरु

sajilo news
झापा
२०७९ चैत्र १७ गते , शुक्रबार
आजदेखि एसइई परीक्षा सुरु

यस वर्षको माध्यमिक शिक्षा परीषा (एसइई) आजदेखि हुने भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताए।

परीक्षाको सबै तयारी पूरा भइसकेको छ। ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा  सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’

उनका अनुसार बिहीबारै सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको छ। एसईई परीक्षाका सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ थिए। 

सम्बन्धित समाचार