२०८३ बैशाख २० गते , आईतबार

नाइजेरियामा बन्दुकधारीको आक्रमण, ५० जनाको मृत्यु

sajilo news
रासस
२०७९ चैत्र २५ गते , शनिबार
नाइजेरियामा बन्दुकधारीको आक्रमण, ५० जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ ।  उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् । 

उनले भने, 'घटनामा ४६ जनाको मृत्यु भएको छ ।  धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छु बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले एएफपीलाई बताए। 

उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । उनले भने, 'त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।'

आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । 

साम्प्रदायिक हिंसा निर्वाचित राष्ट्रपति बोला तिनुबुले सामना गर्नुपरेको सुरक्षा चुनौतीमध्ये एक हो । गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा नतिजामा भारी विलम्ब भएको र धाँधली भएको आरोप लगाएका थिए।  

सुरक्षा फौजले देशको उत्तरपश्चिममा १४ वर्ष लामो जिहादी द्वन्द्व र दक्षिणपूर्वमा पृथकतावादीहरूको आक्रमणसँग पनि जुधिरहेको छ ।

देशको उत्तरपश्चिम र मध्य भागमा अन्तरसाम्प्रदायिक हिंसा व्यापक अपराधमा परिणत भएको छ, जहाँ भारी सशस्त्र डाकु लडाकूहरूले गाउँहरूमा तोडफोड गर्छन् र फिरौतीको लागि सामूहिक अपहरण गर्छन् । 

सम्बन्धित समाचार