२०८३ बैशाख २० गते , आईतबार

चर्चमा सयौँ बालबालिकाको यौनशोषण भएको खुलासा

sajilo news
एजेन्सी
२०७९ चैत्र २५ गते , शनिबार
चर्चमा सयौँ बालबालिकाको यौनशोषण भएको खुलासा

अमेरिकाको मेरिल्याण्ड राज्यको एउटा चर्चमा वर्षौंसम्म बालबालिकाको यौनशोषण भएको खुलासा भएको छ । मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६ जना पादरीहरूले ६ सय बढी बालबालिकाको यौनशोषण गरेको खुलासा भएको हो ।

मेरिल्याण्डका महान्यायाधिवक्ताले तयार पारेको पाँच सय पेज लामो प्रतिवेदनमा हरेक पादरीले चर्चमा बालबालिकाको यौनशोषण गरेको उल्लेख छ । बालबालिकामाथिको यौनशोषण लुकाउन चर्चले करोडौँ डलर खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

चर्चका आर्कडायसले यस्तो कर्तुत ८० वर्षसम्म लुकाएर राखेको र त्यसका लागि करोडौँ डलर खर्च गरेको पनि महान्यायाधिवक्ता एन्थोनी ब्राउनको प्रतिवेदनमा उल्लेख छ । सन् १९८० देखि अहिलेसम्म तीन सय एकजना पीडितलाई बाहिर बोल्न नदिन एक करोड ३२ लाख डलर खर्च गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । चर्चका पादरीहरूले बालबालिकाहरूलाई भगवान्को आदेश भन्दै तर्साएर यौनशोषण गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
 

सम्बन्धित समाचार