२०८३ बैशाख २० गते , आईतबार

एनजीपी रेल्वे स्टेसन छिर्न लागेको कामाख्या-आनन्द विहार एक्सप्रेसभित्र गोली चलेपछि...

sajilo news
एजेन्सी
२०७९ चैत्र २७ गते , सोमबार
एनजीपी रेल्वे स्टेसन छिर्न लागेको कामाख्या-आनन्द विहार एक्सप्रेसभित्र गोली चलेपछि...

सिलीगुडी । आसमको गुवाहटीबाट दिल्ली हिँडेको कामाख्या आनन्द विहार एक्सप्रेस रेलमा गोली चलेको छ । न्यु जलपाइगुढी (एनएजीपी) रेल्वे स्टेसनमा छिर्न लाग्दा सोमबार राती ८ बजेर ५ मिनेटमा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको रेलभित्रै मृत्यु भएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

१२५०५ नम्बरको रेलको जनरल डिब्बामा सो घटना भएको हो । रेलको डिब्बाभित्र तीन फायर भएको यात्रुहरूले भारतीय सञ्चारमाध्यमलाई जनाएको छ । गोली चलेपछि यात्रुहरूको भागदौड मच्चिएको थियो । उनीहरु डराएर त्यहाँबाट अर्को डिब्बामा तर्फ भागेका थिए । अहिले एनएजीपी रेल्वे स्टेसनमा घटनाको छानबिनको लागि रेललाई रोकेर राखिएको छ । घटनाको छानबिनमा रेल्वे पुलिस लागि परेको बताइएको छ । 

सम्बन्धित समाचार