२०८३ बैशाख २४ गते , विहीबार

दुई करोडको अडियो प्रकरण : श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी रास्वपाको कारबाही 

sajilo news
झापा
२०७९ चैत्र २९ गते , बुधबार
दुई करोडको अडियो प्रकरण : श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी रास्वपाको कारबाही 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधानविपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिए । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिए ।

रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँले कोर टिम भन्नुभएको छ । त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधवारको पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौँ ।’

नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार