२०८३ बैशाख २० गते , आईतबार

युक्रेनमा हवाइ आक्रमण, कम्तीमा २५ जनाको मृत्यु 

sajilo news
एजेन्सी
२०८० बैशाख १६ गते , शनिबार
युक्रेनमा हवाइ आक्रमण, कम्तीमा २५ जनाको मृत्यु 

रुसको हवाइ आक्रमणमा युक्रेनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। किभले रुसी कब्जामा रहेका शहर फिर्ता लिन ठूलो कारबाहीको तयारी गरिएको बताएको केही समयमै रुसले विभिन्न शहरमा एकैसाथ ठूलो मात्रामा हवाइ आक्रमण गरेको हो। शुक्रबार डिनिप्रो र उमान शहरमा भएका आक्रमण पछिल्ला दुई महिनायताकै ठूला आक्रमण भएको अधिकारीहरूले बताएका छन्। 

रुसी सेनाले अधिकांश शहरमा आवसीय भवनलाई निशाना बनाएर आक्रमण गरेको छ ।मिसाइल आक्रमणले ध्वस्त भएका भवनमा अग्निनियन्त्रक र उद्धारकर्मीले लगातार उद्धार गरिरहेका छन्। 

आवासीय भवनलाई निशाना बनाइएका २३ मध्ये २१ क्रुज मिसाइल निस्तेज पारिदिएको युक्रेनी सेनाको दाबी छ। युक्रेनले रुसमाथि लगातार युद्ध अपराधको आरोप लगाउँदै आएको छ। 

मस्कोले भने जानीजानी आवसीय भवनलाई निशाना नबनाएको प्रष्टीकरण दिएको छ। रुसले युक्रेनमाथि आक्रमण जारी राखेको ४३० दिन पुगेको छ।

सम्बन्धित समाचार