२०८३ बैशाख २० गते , आईतबार

टर्कीमा मारिए आईएस प्रमुख अबु हुसेन

sajilo news
एजेन्सी
२०८० बैशाख १८ गते , सोमबार
टर्कीमा मारिए आईएस प्रमुख अबु हुसेन

टर्कीको सुरक्षा बलको कारबाहीमा आतंकवादी संगठन इस्लामिक स्टेट आईएसका प्रमुख अबु हुसेन अल–कुरेशी मारिएका छन्। टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले टर्किस सेनाले सीरियामा गरेको कारबाहीमा आईएस प्रमुख अबु हुसेन मारिएको बताए।

टर्किस प्रसारक संस्था टीआरटीसँगको कुराकानीमा राष्ट्रपति एर्दोगानले यसबारे बताएको र स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ।

गत वर्षको नोभेम्बरमा आईएसका तत्कालीन प्रमुख अबु हुसेन अल–हाशिमी अल कुरेशीको मृत्यु भएपछि आईएसको नेतृत्व अबु हुसेन अल–कुरेशीले सम्हालेका थिए।

अमेरिकाले गत वर्षको अक्टोबरमा दक्षिण–पश्चिमी सीरियामा चलाएको कारबाहीमा पूर्व प्रमुख मारिएका थिए। तर आईएसले भने नोभेम्बरमा मात्रै अल–हाशिमी मारिएको स्वीकार गरेको थियो। यतिबेला प्रमुख मारिएको घटनाबारे आईएसले कुनै प्रतिक्रिया जनाइसकेको छैन।

सम्बन्धित समाचार