२०८३ बैशाख २० गते , आईतबार

साउदीको जेलमा ३ सय जना नेपाली

sajilo news
पत्रपत्रिका
२०८० बैशाख २० गते , बुधबार
साउदीको जेलमा ३ सय जना नेपाली

साउदी । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया  पुगेका ३ सय ४६ जना नेपाली जेल परेका छन्। दुतावासका अनुसार जेल पर्नेमा  ९० प्रतिशत रक्सी बनाउने र ओसारपसारको आरोप लागेका छन भने बाँकी साउदीको नियम विपरित काम गर्ने रहेका छन्। 

हाल साउदीमा दैनिक अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या बढ्दो छ। नेपाली दूतावासका अनुसार विभिन्न  सेवा सुविधा र तलवको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या ११ हजारभन्दा बढी रहेको छ ।

नेपाली दूतावासको सहयोगमा अवैधानिक रुपमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा सन् २०२२ भित्र ३ हजार ४ सय ९३ जनाको एक्जिट भिसा उपलब्ध गराउने काम भएको थियो। जस अन्तर्गत  हुरूबवाला १ हजार ३ सय ३६ जना र   इकामा मिति सकिएका २ हजार १ सय ५७ रहेको थिए। 

तथ्याङ्क अनुसार  १ जनवरी ०२३ देखि ९ अप्रिल २०२३ सम्म हुरूबवाला १ सय ९८  र इकामा मिति सकिएका  २ सय १२ गरी  ४ सय १० जनाको भिषा उपलब्ध भएको थियो। दुतावासबाट एक्जिट भिसाको प्रकिया गर्दा कुनै पनि  शुल्क लाग्दैन भने  कम्पनी छाडेर अवैधानिक रुपमा काम गर्ने ८२ जना नेपाली कामदारमाथि सम्बन्धित कम्पनीले केस दर्ता गरी ७ करोड ४६ लाख  नेपाली रुपैयाँ बराबरको जरिवाना लगाएको छ। 

साउदीमा बिना जानकारी सम्बन्धित कम्पनीबाट भागेमा साउदीको नियम र कानुन अनुसार कामदारले पाउने सेवा सुविधाबाट वञ्चित  रहने छन्। जब सम्म सम्बन्धित कम्पनीले भागेका कामदारमाथि एक्जिट लगाउँदैन तबसम्म स्वदेश फिर्ता हुने पाउँदैनन्। एक्जिट लगाएको २ महिनाभित्र स्वदेश फिर्ता नभए साउदीको नियम अनुसार १-२-३ हजार जरिवाना थपिंदै जान्छ। 

दुतावाका अनुसार साउदी अरेबिया आउने क्रममा कामदारले आउने कम्पनीको बारेमा बुझ्ने, सम्झौता गर्दा राम्रोसंग पढेर मात्रै सहमति जनाउने, साउदीमा काम गर्ने कामको बारेमा दक्ष भएर आउने, मेनपावरलाई रकम बुझाउने क्रममा सरकारले तिरेको रकम मात्र दिने, आफू आउने देशको नियम कानुन बारे जानकारी लिनु पर्ने बताएको छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार