२०८३ बैशाख २६ गते , शनिबार
भ्रष्टाचारविरुद्ध राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ। आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञापन पत्र बुझाउने छन्।
त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।