२०८३ बैशाख ५ गते , शनिबार
कचनकवल गाउँपालिकामा २८ जना शिक्षकको जागिर खुल्यो
झापाको कचनकवल गाउँपालिकाले सामुदायिक विद्यालयका लागि २८ जना शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धामार्फत २८ जना शिक्षकको आवेदन माग गरेको हो ।
गाउँपालिकाले अङ्ग्रेजी, विज्ञान ,गणित र कम्प्युटरका लागी माध्यमिक तह र आधारभूत तहको लागी शिक्षकको जागिर खुलाइएको सूचनामा उल्लेख छ । १५ दिने सो सूचनामा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका योग्य उम्मेदवार चाहिने उल्लेख छ ।
गाउँपालिकाले चालु शैक्षिक सत्रको सुरुवातमै ३८ जना करार शिक्षकलाई सेवाबाट निष्कासन थियो । गाउँपालिकाको गत पुस २२ गतेको बैठकले गरेको निर्णय बमोजिम उनीहरुलाई हटाएको थियो ।
हेर्नुहोस् सूचना
