२०८३ बैशाख २४ गते , विहीबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोलीको लाग्यो टुंगो

sajilo news
झापा
२०८० जेष्ठ १५ गते , सोमबार
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोलीको लाग्यो टुंगो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पाँच जना मन्त्री सहभागी हुने भएका छन्। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको जेठ १७ बाट हुने चार दिने भारत भ्रमणमा पाँच जना मन्त्री सहभागी हुने विषय स्वीकृत गरेको हो। 

सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको १७ देखि २० सम्मको भारत भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसहित पाँचजना मन्त्री सहभागी हुने बताइन्। 

सम्बन्धित समाचार