२०८३ बैशाख २० गते , आईतबार

मुम्बई आतंकवादी हमलाका सहयोगीको मृत्यु

sajilo news
एजेन्सी
२०८० जेष्ठ १६ गते , मंगलबार
मुम्बई आतंकवादी हमलाका सहयोगीको मृत्यु

सन् २००८ मा मुम्बईमा आतंकवादी हमला गर्न वित्तीय एवं अन्य माध्यमबाट आतंकारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ।

पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो। सोमबार दिउँसो निजको हदयाघातका कारण मृत्यु भएको बताइएको छ।

सन् २०१२ मा राष्ट्रसंघीय सुरक्षा परिषद्ले भुटावीलाई आतंकवादी घोषणा गरेको थियो। त्यसको केही वर्षपछि आतङ्कवादलाई प्रश्रय दिनका साथै आतंकवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए। सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो। मंगलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ।

सम्बन्धित समाचार