२०८३ बैशाख २४ गते , विहीबार

कोशी सरकारबाट जसपा बाहिरियो

sajilo news
झापा
२०८० जेष्ठ १७ गते , बुधबार
कोशी सरकारबाट जसपा बाहिरियो

कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् ।सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसपाका नेता जयराम यादवले फिर्ता बोलाउने निर्णय भएको नेपाल प्रेसलाई बताए ।

सम्बन्धित समाचार