२०८३ बैशाख ५ गते , शनिबार

गर्मी बढेसँगै शैक्षिक संस्था बन्द गर्दै झापाका स्थानीय तह

sajilo news
झापा
२०८० जेष्ठ १८ गते , विहीबार
गर्मी बढेसँगै शैक्षिक संस्था बन्द गर्दै झापाका स्थानीय तह

गर्मी बढेपछि झापाका पालिकाहरूले धमाधम शैक्षिक संस्थाहरू बिदा दिन थालेका छन् । पालिकाहरूले सूचना जारी गर्दै बिदा दिएका हुन् ।

मेचीनगर नगरपालिकाले दुई दिन, कचनकवल गाउँपालिकाले पाँच दिन, बिर्तामोड नगरपालिकाले तीन दिन, अर्जुनधारा नगरपालिकाले पाँच दिन, भद्रपुर नगरपालिकाले दुई दिन र हल्दिवारीले पाँच दिन बिदा दिने सूचना जारी गरेको छ ।

मेचीनगर, कचनकवल, भद्रपुर र हल्दिवारीले आजैबाट लागु हुने गरी बिदा दिएका हुन् भने अर्जुनधारा र , बिर्तामोडले भोलिबाट लागु हुने गरी बिदा दिएका छन् । झापाका अन्य पालिकाहरूले पनि बिदा दिने बुझिएको छ ।

पालिकाहरूले अत्यधिक गर्मीका बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा दिइएको पालिकाहरूले जनाएका छन् ।

सम्बन्धित समाचार