२०८३ बैशाख २३ गते , बुधबार

पाथीभरामा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका, छानबिन गर्न पत्राचार

sajilo news
इलाम
२०८० जेष्ठ १९ गते , शुक्रबार
पाथीभरामा मन्दिरमा चढाएको भेटीमै अनियमितताको आशंका, छानबिन गर्न पत्राचार

रोङ । रोङ गाउँपालिकाले पाथीभरा मन्दिरको पुरानो समिति हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकको सुझावको आधारमा जिल्ला जिल्ला प्रशासन कार्यालय इलामलाई पत्राचार पत्राचार गर्ने निर्णय भएको हो ।

रोङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित पाथीभरा मन्दिरको व्यवस्थापन गर्न पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गरी विकास समिति मार्फत २०७९ फागुन १ गतेबाट गाउँपालिकाले व्यवस्थापन सुरु गरेको हो थियो । नयाँ समितिको सक्रियतामा सङ्कलित उच्च आम्दानीपछि पुरानो पाथीभरा संरक्षण संस्थाको आय व्यय सार्वजनिक गर्न स्थानीयले गाउँपालिकालाई दबाब दिने गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । पाँच वर्षबाट आयव्यय सार्वजनिक नगरी पाथीभरा संरक्षण संस्थाले अनियमितता गरेको स्थानीयको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय इलामको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउन गाउँपालिका र राजनीतिक दलको प्रयासमा सार्वजनिक सुनवाइ गत जेठ १४ गते तोकिएता पनि उक्त कार्यक्रम हुन नसकेको बताइएको छ ।

स्वतन्त्र लेखा परीक्षकले समयमा सबै कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसकेको बताइएको छ ।

यता गाउँपालिका अध्यक्ष मणिकुमारले पुरानो समितिले आवश्यकता र सहजताको आधारमा कहिले संस्था जिल्ला प्रशासनमा संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएको भन्ने त कहिले रोङ गाउँपालिकाले तयार गरेको कानुन पाथीभरा क्षेत्र विकास कोष तथा व्यवस्थापन कार्यविधि ९२०७५ अनुसार गठित समिति भन्ने गरेको बताएका छन् । जुन कानुन मार्फत गठित भएता पनि दुवै कानुन र आफ्नै विधान अनुसार समेत संस्था नचलेको हुनाले सो को समेत तत्काल कुन कानुनी धरातल अनुसार गठित समिति हो जवाफको लागि पत्राचार गरिएको अध्यक्ष मणिकुमारको भनाई छ ।

गैरसरकारी संस्थाले सरकारलाई सहयोग गर्नु पर्ने ठाउँमा उल्टै सिङ जुधाएर बस्नु राम्रो होइन अध्यष मणिकुमारले भने अब कडाइका साथ सर्वदलीय बैठकको निर्णय अनुसार अनुसन्धान गराउन सम्बन्धित निकायमा पहल गर्ने छौ । कानुन भन्दा माथि कोही व्यक्ति ,संस्था हुँदैन, गलत गर्ने संस्थाको संरक्षण गर्ने जो कोहीको गतिविधि अब जनता सामु सार्वजनिक गर्दै जनतालाई सुसूचित गर्छौ । हिजो जुन गतिविधि संस्थाको तर्फबाट भयो यो कानुनको खिल्ली उडाएको हो ।

हिसाब नदेखाउनु,विगत ५ वर्ष देखि नवीकरण नहुनु, सार्वजनिक सुनुवाइ नहुनु,नयाँ समितिले १०० दिनमा ६६ लाख सङ्कलन गर्नु र उक्त संस्थाको सम्पूर्ण विवरण लेखा परीक्षक मार्फत बुझ्दा केही शंका उब्जनु स्वभाबिक हो अध्यक्ष मणिकुमारले भने अब सबै हिसाब खोजी हुन्छ तर यसको ढाकछोपमा कोही जनप्रतिनिधि , प्रशासनले सगाएको गन्ध आए त्यो अर्को खत्रा हो त्यसतर्फ समेत गाउँपालिका सचेत छ ।

गाउँपालिका , सर्वदलीय प्रतिनिधि , पाथीभराको पुरानो समितिको अध्यक्ष सहितको टोली , जिल्ला प्रशासनका प्रतिनिधि होमनाथ पोख्रेल ,प्रहरी प्रतिनिधि र पत्रकारहरूको संयुक्त बैठक भएको थियो।उक्त बैठकमा पुरानो पाथीभरा समितिकै आग्रहमा लेखिएको पत्र अनुसार नगद तथा जिन्सी सामग्री बुझ्ने तयारी भएता पनि अन्तमा समितिका अध्यक्ष दौलतकुमार राईले कुनै हालतमा नबुजाउने अडान राखेको कारणले गर्दा उक्त बैठकले जिल्ला प्रशासन मार्फत सम्पूर्ण सामाग्री नियन्त्रणमा लिएर अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको पालिका उपाध्यक्ष विष्णुमाया खवासले बताइन् । उक्त बैठकको उपस्थितिमा संस्थाका अध्यक्ष दौलत कुमार राईले भने हस्ताक्षर गर्न इन्कार गरेका छन ।

बैठकमा राईले गाउँपालिकाकै कानुन अनुसार गठित समिति हो , आजको अध्यक्ष हिजो कार्यपालिका सदस्य तथा प्रवक्ता हुनुहुन्थ्यो किन कानुन अनुसार चलाउन भएन भनेर प्रश्न गरेका छन् । पालिका अध्यक्ष स्याङ्बोले किन कानुन अनुसार नचलेको र नचलाएको रहेछ भन्ने कुराको पनि अब खोजी हुने जवाफ दिनुभयो । नीतिगत रुपमा कोही कसैको सहजताको लागि हामीले तत समयमा खुकुलो छोडेको प्रमाणित भए दोषको आधारमा कार्यपालिका सदस्यको हैसियतमा कारबाही भोग्न तयार छु स्याङ्बोले भने तर , हामी निर्वाचित भएको दिनदेखि पाथीभराको यो अपारदर्शीलाई चिर्दै पालिकाको दायरामा ल्याउन काम गरेको र सफल समेत भएको स्मरण गराएका गराए ।

सम्बन्धित समाचार