२०८३ बैशाख ५ गते , शनिबार

शिक्षा शाखाको आदेश कनकाईको हरिकुल माविले मानेन, अत्यधिक गर्मीमा पनि विद्यालय सञ्चालन गर्दै

sajilo news
झापा
२०८० जेष्ठ १९ गते , शुक्रबार
शिक्षा शाखाको आदेश कनकाईको हरिकुल माविले मानेन, अत्यधिक गर्मीमा पनि विद्यालय सञ्चालन गर्दै

कनकाई । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका अधिकांश पालिकाले  विद्यालयहरू  बिदा गरे पनि कनकाई नगरपालिका ३ सुरुङ्गास्थित हरिकुल नमुना माध्यमिक विद्यालयले भने नगरको आदेशको अस्वीकार गर्दै विद्यालय सञ्चालन गरेको पाइएको छ । 

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले भन्दै आगामी बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा गर्न सूचना जारी गरिएको नगरपालिकाले भनिरहँदा हरिकुलले भने त्यसको अटेर गरी बालबालिकाको स्वास्थ्य प्रति खेलबाड गरेको हो।

सोही विषयमा विद्यालयका प्रिन्सिपलसँग जिज्ञासा राख्दा अरू विद्यालयको थाहा भएन तर यतिको गर्मीमा हामी विद्यालय लगाउँछौ । यही जेठ २२ गते विद्यालयमा कार्यक्रम हुने भएकोले पनि विद्यालय बिदा नदिएको भन्ने उनको जवाफ छ ।

सोही विषयमा प्याबसन कनकाई नगर अध्यक्ष विनोद सुब्बाले भने नगरपालिकाले दिएको आदेश सबैले पालना गर्नुपर्ने र अहिलेसम्म अरू विद्यालय लगाउने जानकारी आफूलाई नआएको र काम विशेषले प्रदेश राजधानी विराटनगर गएकाले यसबारेमा बुझेर बताउने बताए । 

यस्तै कनकाई शिक्षा शाखाका हरिप्रसाद मिश्रले भने नगरमा २० वटा निजी तथा १४ वटा सामुदायिक विद्यालय रहेका छन। यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले भने हामीले नगरका सबै विद्यालयलाई बिदा दिने भन्दै सूचना नै जारी गरेका छौँ । 

यसमा यदि कसैले विद्यालय  लगाउँछ भने भोलि बालबालिकामा केही स्वास्थ्यमा असर पुगे स्वयम विद्यालयले जिम्मेवारी लिनुपर्ने उनको भनाई छ । यदि नगरको आदेश नमान्ने विद्यालयलाई नगरको शिक्षा शाखाबाट लिखित स्पष्टीकरण माग्ने समेत उनले बताए । 

 

सम्बन्धित समाचार