२०८३ बैशाख २० गते , आईतबार

भारतको ओडिशामा तीन वटा रेल ठोक्कियो : २८८ जनाको मृत्यु, ९०० बढी यात्रु घाइते, उद्धार कार्य जारी

sajilo news
एजेन्सी
२०८० जेष्ठ २० गते , शनिबार
भारतको ओडिशामा तीन वटा रेल ठोक्कियो : २८८ जनाको मृत्यु, ९०० बढी यात्रु घाइते, उद्धार कार्य जारी

भारत । भारतको ओडिशाको बालासोर जिल्ला नजिकै रेल दुर्घटना हुँदा २८८ जनाको मृत्यु भएको छ। यस घटनामा करिब ९०० जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यो दुर्घटना भारतमा २० बर्षपछि सबै भन्दा ठूलो रेल दुर्घटना मानिएको छ । 

दुर्घटनामा तीनवटा रेल ठोक्किएका थिए। हावडा चन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि यसको डब्बा पटरीबाट खसेको थियो र अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट ट्रेनसँग ठोक्किएको थियो।

रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल गएका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ। 

सम्बन्धित समाचार