अनेरास्ववियु कोशी प्रदेश इञ्चार्जमा ताम्ली, झापा इञ्चार्जमा लामा
बिर्तामोड । अनेरास्ववियु कोशी प्रदेशको इन्चार्जमा झापाका मनोज ताम्लीलाई जिम्मेवारी प्रदान गरिएको छ । केन्द्रीय कमिटी सचिव ताम्लीलाई केन्द्रीय कमिटी बैठकले उक्त जिम्मेवारी दिएको हो ।
कोशी प्रदेशको सहइञ्चार्जमा कमल पौडेल, गोपाल नेपाल र निता राईलाई जिम्मेवारी दिइएको छ । प्रदेशको संयोजकमा गोकर्ण घिमिरे र सहसंयोजकमा जीवी गजललाई जिम्मेवारी दिएको अनेरास्ववियुले जनाएको छ ।
यस्तै बैठकले झापा र ताप्लेजुङको इन्चार्जमा रोशन लामा, भोजपुर प्रताप तामाङ, धनकुटा वसन्त राई, इलाम नितेश राई, खोटाङ मोहन संग्राम, मोरङ जोसेफ घिमिरे, ओखलढुङ्गा इन्दिरा खतिवडा, पाँचथर इ।रोशन भट्टराई, सङ्खुवासभा अनुप चापागाईँ, सोलु झरना प्रधान, उदयपुर भुवन दाहाल, विराटनगर महानगरपालिका पवित्रा ढकाल, सुनसरी र तेह्रथुम रोशन रेग्मीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । सुनसरीको सहइञ्चार्जमा दिपा चेम्जोङ र तेह्रथुमको सहइञ्चार्जमा वसन्त राईलाई खटाइएको छ ।