२०८३ बैशाख २४ गते , विहीबार
अनेरास्ववियु झापाको मतदान सम्पन्न, आजै गणना
बिर्तामोड । अनेरास्ववियु झापा मतदान सम्पन्न भएको छ । आजै मतगणना समेत सक्ने तयारी गरिएको जनाइएको छ । दिउँसो ३ बजेदेखि मतदान सुरु भएको थियो । कपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको निर्वाचनमा प्रतिनिधिहरू मतदान गरेका हुन् । ७ सय ३ प्रतिनिधि रहेको निर्वाचनमा लगभग ६ मत खसेको अनुमान गरिएको छ ।
जेठ २९ गते उद्घाटन भएको २१ औं जिल्ला अधिवेशन सहमतिका लागि स्थगित गरिएको थियो । सहमति प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । अनेरास्ववियु झापाको अध्यक्षमा नारायण पोखरेल र बलराम गिरी उम्मेदवारी दिएका छन्।