२०८३ बैशाख २४ गते , विहीबार
अनेरास्ववियु झापाको अध्यक्षमा गिरी निर्वाचित
बिर्तामोड । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् ।
गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् । सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरूमा मदन ओली, विनीता न्यौपाने र पूजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् । सदस्यहरू समेत सर्वसम्मत भइसकेको नेताहरूले जानकारी दिएका छन् ।