२०८३ बैशाख २२ गते , मंगलबार

भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तीमा ३४ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० असार ३ गते , आईतबार
भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तीमा ३४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरूका कारण चर्को घाम र तातो हावाका कारण उनीहरूको मृत्यु भएको हो ।

गर्मी तत्काल घट्ने छाँट नदेखिएको भन्दै अधिकारीहरूले ६० वर्ष माथिका नागरिकहरूलाई घर बाहिर नजान आग्रह गरेका छन् । प्रदेश राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु भएको हो ।

त्यस क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । शुक्रबार र शनिवार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ । चर्को गर्मीमा नियमित विद्युत् आपूर्ति हुन नसक्दा बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले विद्युत् आपूर्ति नियमित गर्न र आपूर्तिमा विभेद नगर्न आदेश दिनुभएको छ । उता, भारतकै राजस्थानमा भने भारी वर्षापछिको बाढीले बेहाल बनाएको छ । बिपरजोए समुद्री आँधीको प्रभाव परेको राजस्थानमा पछिल्ला दुई दिनमा भएको भारी वर्षाले तबाह मच्चाएको हो । आँधी, हुरी, वर्षा र बाढीका कारण पाँच सय गाउँमा बिजुली समेत अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार