भद्रपुरमा नगरस्तरीय अन्तर विद्यालय नृत्य तथा विज्ञान प्रदर्शनी सम्पन्न
भद्रपुर । भद्रपुरमा नगरस्तरीय अन्तर विद्यालय नृत्य तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगर शिक्षा शाखाको आयोजनामा मङ्गलवार वीरेन्द्र माविमा अन्तर विद्यालय नृत्य तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।
नगरमा रहेका ६२ वटै विद्यालयहरूले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विज्ञान प्रदर्शनीमा ग्यालेक्सी प्रथम, होलिल्याण्ड द्वितीय, पृथ्वी निमावि तृतीय र ग्रिनफिल्ड माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै नृत्यतर्फ आधारभूत तहका लागि ग्रिनफिल्ड प्रथम, सिता निमावि द्वितीय, आदर्श मावि तृतीय र हिमालयन माविले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै माध्यमिक विद्यालय तर्फ नृत्यमा प्रथम विभूति विद्या मन्दिर र होलीलेण्ड, द्वितीय अरनिको मावि र ग्रिनफिल्ड, तृतीय वीरेन्द्र र ग्यालेक्सी सान्त्वना मोरान र एमरल्ड एकेडेमी भएको शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेका थिए ।