२०८३ बैशाख २२ गते , मंगलबार
एक बर्षले घट्यो दक्षिण कोरियालीको उमेर
सियोल । आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ । दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन । कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो ।
तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधवारवाट सबै कोरियालीको उमेर एक बर्ष कम राखेर गणना गरिन लागेको हो ।यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियो ।