२०८३ बैशाख २२ गते , मंगलबार

भारतको त्रिपुरामा 'भगवान् जगन्नाथ'को रथ हाई टेन्सन तारसँग ठोक्किँदा सात जनाको मृत्यु, १५ घाइते 

sajilo news
एजेन्सी
२०८० असार १४ गते , विहीबार
भारतको त्रिपुरामा 'भगवान् जगन्नाथ'को रथ हाई टेन्सन तारसँग ठोक्किँदा सात जनाको मृत्यु, १५ घाइते 

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा भगवान् जगन्नाथको ’उल्टा रथ यात्रा’ निकाल्ने क्रममा फलामे बनेको रथ ओभरहेड हाई टेन्सन तारसँग छुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । 

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो । भारतीय प्रहरीका अनुसार भगवान् जगन्नाथको ’उल्टा रथ यात्रा’ भक्तजनहरूले तानेका बेला सो दुर्घटना भएको हो । रथको माथिल्लो भाग १३३ केभी हाई टेन्सन तारसँग छुँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकहरूको परिवारजनलाई राज्य तथा केन्द्रीय सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको छ । 

 

सम्बन्धित समाचार