२०८३ बैशाख २४ गते , विहीबार

पहिचानवादीहरुले एमाले नेता भट्टराईलाई देखाए कालो झन्डा 

sajilo news
इलाम
२०८० असार १४ गते , विहीबार
पहिचानवादीहरुले एमाले नेता भट्टराईलाई देखाए कालो झन्डा 

कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार आएका भट्टराईलाई कालो झन्डा देखाईएको हो । पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दावाद लगायतका नारा समेत लगाएका थिए ।

सम्बन्धित समाचार