विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो : उद्धव थापा
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासकाे मत मागेर मुख्यमन्त्री भागेकाे गुनासाे गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत मागेपछि मतविभाजनका लागि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
तथ्यांक लिएर आउँछु भन्दै प्रदेशसभा परिसरबाट बाहिरिएका मुख्यमन्त्री नआएपछि बैठक अनिश्चित बनेकाे छ । 'विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयाे, कांग्रेस दलका नेता थापाले भने,' हामी कुरेका कुरै छाैं ।'
मुख्यमन्त्री कार्कीले प्रमुख सचेतक रेवतिरमण भण्डारीमार्फत् भाेलिका लागि बैठक सार्न सभामुखलाई आग्रह गरेका थिए । तर प्रतिपक्षी दलले आजै बैठक बसेर टुङ्गो लगाउनु पर्ने बताएका छन् ।
कांग्रेस दलका नेता थापाले आज बैठक बस्नका लागि मुख्यमन्त्रीलाई कुरेर बसेकाे बताए । सत्ता पक्षीय सांसद भने बैठक स्थगित भएपछि प्रदेशसभा सचिवालयबाट बाहिरिएका छन् । प्रतिपक्षी सांसद भने कुरेर बसेका छन् । अन्नपूर्ण पोष्टबाट