२०८३ बैशाख २४ गते , विहीबार

६ महिना नपुग्दै कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

sajilo news
झापा
२०८० असार १५ गते , शुक्रबार
६ महिना नपुग्दै कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

सरकार गठन भएको ६ महिना नपुग्दै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ।  प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्।

विश्वासको मतका लागि प्रदेशसभामा शुक्रबार भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले ४६  मत मात्रै पाए।  बहुमतका लागि ४७ मत आवश्यक थियो। गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६  र विपक्षमा ४३   मत खस्यो। बैठकमा ८९ सांसद उपस्थित रहेका थिए।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए।  उनले  प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष  र विपक्षमा दलहरू विभाजित भएका थिए। 

सम्बन्धित समाचार