२०८३ बैशाख २२ गते , मंगलबार
मेक्सिकोका मेयर सोसाले गरे गोहीसँग विवाह
मेक्सिकोका एकजना मेयरले गोहीसँग परम्परागत तरिकाले विवाह गरेका छन् । मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् । सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।
वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ । सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ ।