२०८३ बैशाख २२ गते , मंगलबार
साउदी अरबले दिँदैछ वर्षको ठूलो सामूहिक मृत्युदण्ड
साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामुहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए।
आधिकारीक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने बिषय चाँही उल्लेख गरिएको छैन।
मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामुहिक मृत्युदण्ड पनि सामुहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ ।
्