झापामा एसइईको नतिजा : ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९
झापामा एसइई परीक्षाफलको नतिजा अनुसार ७१९ विद्यार्थीले ए प्लस जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा झापाबाट १५ हजार ३२४ सहभागी थिए । ति मध्ये ७१९ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै २ हजार १४७ विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ३ हजार १३७ विद्यार्थीले २.८० देखि ३.२० जीपीए, ३ हजार २४१ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ३ हजार १०५ विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् ।
त्यस्तै २ हजार १७५ विद्यार्थीले १.६० देखि २ जीपीए, ६३५ विद्यार्थीले १.२० देखि १.६० जीपीए, २९ विद्यार्थीले ०.८० देखि १.२० जीपीए र १३६ विद्यार्थीले एनजी ल्याएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
यसैबीच भद्रपुरको एसएस निकेतन अंग्रेजी माविको सहभागि ६२ जना विद्यार्थीमध्ये तीन जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । गरिमा खडकाले ३.८, प्रेरणा थापाले ३.७, प्रितम पाठकले ३.६ जीपीए ल्याएका हुन् । विद्यालयमा शतप्रतिशत विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले जानकारी दिए ।
त्यस्तै भद्रपुुरस्थित प्रज्ञा एकाडेमीले पनि एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ । प्रज्ञाबाट ६९ जना परीक्षामा सामेल विद्यार्थीमध्ये १४ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएको एकाडेमीका फाउन्डर इशुभ पाण्डेले जानकारी दिए । त्यस्तै १५ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए, ११ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए, २० विद्यार्थीले २.४० देखि २.८० जीपीए, ७ विद्यार्थीले २ देखि २.४० जीपीए र दुई जना विद्यार्थीले १.६० देखि २ जीपीए, ल्याएको उनले बताए ।
