२०८३ बैशाख २२ गते , मंगलबार

ब्राजिलमा जीर्ण भवन भत्किँदा १४ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० असार २४ गते , आईतबार
ब्राजिलमा जीर्ण भवन भत्किँदा १४ जनाको मृत्यु

ब्राजिलमा एक जीर्ण भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको पूर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौँ घाइते भएका छन् । बेसहारा र घरबारबिहीनहरु बस्दै आएको सो सरकारी भवनमा बस्न प्रतिबन्ध लगाइए पनि अटेर गरी मानिसहरू बस्दै आएका थिए ।

जीर्ण अवस्थामा रहेको उक्त भवन भारी वर्षाका कारण ढलेको हो । रातको समयमा भवन ढल्दा अधिकांश मानिस मस्त निद्रामा थिए । भवनको भग्नावशेषबाट तीन जनालाई जीवितै उद्धार गरिएको छ भने केही भग्नावशेषमा च्यापिएको अनुमान छ । ब्राजिलमा हरेक वर्ष जीर्ण भवन भत्किँदा थुप्रैको मृत्यु हुने गरेको छ ।

सम्बन्धित समाचार