२०८३ बैशाख ११ गते , शुक्रबार
एसइई : विद्या निकेतन बनियानीका छात्र एलिज भट्टराई कचनकवल 'टपर'
कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिका- ६ बनियानीस्थित विद्या निकेतन माविका छात्र एलिज भट्टराई एसइईमा गाउँपालिका टपर भएका छन् । भट्टराईले ३.८५ जीपीए ल्याएर गाउँपालिका टपर भएको विद्या निकेतनका प्रिन्सिपल गोविन्द राजवंशीले जानकारी दिए । उनका अनुसार विद्यालयबाट ३५ जना एसइई परीक्षा २०७९ मा सामेल भएअनुसार भट्टराईसहित विवेक घिमिरेले ३.७५ जीपीए ल्याएका छन् ।
विद्यालयका सबै विद्यार्थी उत्कृष्ट नतिजा ल्याएको उनको भनाई छ । त्यस्तै संस्थागततर्फ स्वर्णिम शिक्षा सदन सुकुनाडिगीकी छात्रा भीमा दाहालले ३.८० जीपीए, विद्यापाणी मावि पथरियाकी छात्रा इशा राजवंशी ३.८० जीपीए ल्याएका छन् ।
सामुदायिक विद्यालयतर्फ लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीका छात्र रेगन गाइने ३.७० जीपीए, मोती मावि डागिवारीकी छात्रा बबिता गणेश ३.६८ जिपीए ल्याएका छन् ।