एसइई नतिजा : यी हुन् झापाका उत्कृष्ट १२ विद्यार्थी
एसइई परीक्षामा झापाका १२ जना विद्यार्थीहरूले ३.९५ देखि ४ जीपीए ल्याएका छन् । त्यसमध्ये दुई जनाले शतप्रतिशत अंक अर्थात ४ जीपीए ल्याएका छन् । एभरेस्ट बोर्डिङ स्कुल दमकका विवेक थापा र इमिनेन्ट कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुल गौरादहका धनबहादुर थापाले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै झापाका तीन जना विद्यार्थीहरूले ३.९६ जीपीए ल्याएका छन् । प्राविधिक धारतर्फ ३.९६ जीपीए ल्याउनेहरूमा पशुपति माध्यमिक विद्यालय बाह्रदशी– ३ राजगढका दुईजना रहेका छन् ।त्यस विद्यालयबाट यमन दाहाल र सुरक्षा भट्टराईले सो अंक ल्याएका हुन् । त्यस्तै आदर्श विद्या मन्दिर कनकाई– ९ घैलाडुब्बाकी अंकिता दवाडीले पनि ३.९६ जीपीए ल्याएकी छन् । त्यस्तै ३.९५ जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् ।
प्रज्ञा एकेडेमी भद्रपुरका विजय पाण्डे , विराट ज्योति इङिलस स्कुल बिर्तामोडका भावना कार्की र डालिया पाठक , एमिनेन्ट कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुल गौरादहका अंकिता चौलागाँई र अनमोल शर्मा , वाल्मीकि एजुकेसन फाउन्डेसन बिर्तामोडकी योगिता निरौला र युनाइटेड इङिलस मेडियम सेकेन्डरी स्कुल बाहुनडाँगीकी दक्षिणा धमला विश्वकर्माले ३.९५ जीपीए ल्याएका हुन् ।
झापामा एसइई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९ जना रहेका छन् । जुन कुल विद्यार्थीको ४.६९ प्रतिशत हो ।