२०८३ बैशाख २४ गते , विहीबार

भारतको ५ राज्यमा बाढी-पहिरो : ७२ घण्टामा ७६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० असार २६ गते , मंगलबार
भारतको ५ राज्यमा बाढी-पहिरो : ७२ घण्टामा ७६ जनाको मृत्यु

भारतका हिमाचल, उत्तराखण्ड, दिल्ली, यूपी र पञ्जाबमा ६ दिनदेखि लगातार वर्षा भइरहेको छ । हिमाचल प्रदेशमा २४ घण्टामा ३९ स्थानमा पहिरो गएको छ । ब्यास नदीको बहावका कारण भवनहरु बगेका छन्, पुलहरु भत्किएका छन् ।

पछिल्लो ७२ घण्टामा भारतका विभिन्न राज्यमा बाढी पहिरोको कारण ७६ जनाको ज्यान गएको छ । यूपीमा ३४, हिमाचलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ ।

दिल्लीमा यमुना नदीको जलस्तरले खतराको सीमा नाघेको छ । मंगलबार बिहान ८ बजेसम्म खोलाको पानी २०६ दशमलव ३२ मिटरले बगेको थियो । यमुना नदीको पानीको स्तर १९७८ मा सबैभन्दा धेरै २०७.४९ मिटर पुगेको थियो।

राजस्थान, मध्य प्रदेश, हिमाचल, उत्तराखण्ड, हरियाणा, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगाल, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मिजोरम, मणिपुर, त्रिपुरा, गुजरात, गोवा, कर्नाटक, केरला, आन्ध्र प्रदेश र ओडिशामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।   दैनिक भास्कर

सम्बन्धित समाचार