२०८३ बैशाख ११ गते , शुक्रबार

झापाका एमरेल्ड, आदर्श, कञ्चनजङ्घा र प्रोभिडेन्स कलेजको सम्बन्धन खारेज गर्दै त्रिवि

sajilo news
झापा
२०८० असार २८ गते , विहीबार
झापाका एमरेल्ड, आदर्श, कञ्चनजङ्घा र प्रोभिडेन्स कलेजको सम्बन्धन खारेज गर्दै त्रिवि

झापा । त्रिभुवन विश्वविद्यालयले झापाका चारसहित १७५ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाएको छ । यसअघि पटक पटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले झापा भद्रपुरका एमरेल्ड एकाडेमी कलेज, घैलाडुब्बाका आदर्श सामुदायिक क्याम्पस, बिर्तामोडका कञ्चनजङ्घा नमुना कलेज, बिर्तामोड चारपानेका प्रोभिडेन्स कलेजसहित ती क्याम्पसहरूको सम्बन्धन खारेजी प्रक्रिया थालेको हो ।

उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो । दुई पटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार ती क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाउने आज सूचनामार्फत जानकारी गराइएको छ ।

कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

यहाँ हेर्नुहोस्, नवीकरण नगर्ने १७५ क्याम्पसको सूचि

सम्बन्धित समाचार