२०८३ बैशाख २१ गते , सोमबार

अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो 

sajilo news
झापा
२०८० श्रावण १ गते , सोमबार
अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो 

झापा । श्रावणी पर्वको अवसरमा साउन महिनाको पहिलो सोमबार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा भगवान् शिवमा जलार्पण गर्न भक्तजनको घुइँचो लाग्यो । अर्जुनधारा नगरपालिका- ७ स्थित जलेश्वरधाममा बिहान ४ बजेदेखि उपस्थित भएका भक्तजनहरूले पूजा अर्चनासहित भगवान् शिवमा जलार्पण गरेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।

श्रावणी पर्वमा भगवान् शिवको उपासना गर्दा सम्पूर्ण मनकामना पूर्ण हुने तथा यस वर्ष हरि र महादेवको संयोग परेको हुँदा हरिहरको मास अर्थात् पुरुषोत्तम महिना पनि परेका कारण भक्तजनहरूको सहभागितामा वृद्धि भएको मूलअर्चक सिग्देलले दाबी गरे ।

जलार्पण कार्यक्रमसँगै रुद्राभिषेक, भक्तजनहरूको लागि परिक्रमा मार्गको व्यवस्थापन, सुरक्षाको व्यवस्थापन, पार्किङको व्यवस्थापन, विभिन्न संघसंस्थासँगको सहकार्यमा पानी, सर्बत, सातु, प्रसाद आदिको व्यवस्थापन गरिएको थियो । त्यसैगरी साउन २ गतेदेखि एक महिनासम्म दैनिक ११ बजेदेखि १ बजेसम्म पुरुषोत्तम महात्मा कथाको प्रवचन हुने बताइएको छ ।

सम्बन्धित समाचार