२०८३ बैशाख २४ गते , विहीबार

जसपाले झन्डा र लोगो फेर्‍यो

sajilo news
झापा
२०८० श्रावण ५ गते , शुक्रबार
जसपाले झन्डा र लोगो फेर्‍यो

जनता समाजवादी पार्टी जसपा नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ।  भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए। सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए। 

यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ। त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनुसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ। 

सम्बन्धित समाचार