२०८३ बैशाख २४ गते , विहीबार

सिरियाको दमास्कसस्थित मस्जिदमा विस्फोट, ६ जना मारिए, २० घाइते

sajilo news
एजेन्सी
२०८० श्रावण १२ गते , शुक्रबार
सिरियाको दमास्कसस्थित मस्जिदमा विस्फोट, ६ जना मारिए, २० घाइते

सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विस्फोटमा कम्तीमा ६ जना मारिएका छन्। विस्फोटमा परी २० जना घाइते भएका छन् ।​

सिया मुस्लिमले मनाउने ‘आसुरा’को अघिल्लो दिन उक्त घटना भएको सिरियाको गृह मन्त्रालयले जनाएको छ।  सिरियामा सिया मुस्लिम सवैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद अगाडि रोकेर राखिएको ट्याक्सीभीत्र अपरिचित व्यक्तिले बम राखी विस्फोट गराएको प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । 

यस्तै, सिरियाली राष्ट्रपति बसार अल असादको मूख्य सहयोगी इरानी मिलिसिया समूहका लडाकुहरु रहेको स्थान नजिकै विस्फोट भएको अधिकारीहरूले जनाएका छन्। 

सम्बन्धित समाचार