२०८३ बैशाख २४ गते , विहीबार

पाकिस्तानी युनिभर्सिटीमा सेक्स पार्टी, महिला शिक्षक र विद्यार्थीको ५ हजार बढी नग्न भिडियो फेला

sajilo news
एजेन्सी
२०८० श्रावण १२ गते , शुक्रबार
पाकिस्तानी युनिभर्सिटीमा सेक्स पार्टी, महिला शिक्षक र विद्यार्थीको ५ हजार बढी नग्न भिडियो फेला

इस्लामबाद । पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिया विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ ।

मिडिया रिपोर्टमा यी भिडियोको संख्या करिब ५,५०० रहेको बताइएको छ । आरोपीले राम्रो अंक ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिन्थे । यस विश्वविद्यालयका ११३ विद्यार्थी पनि लागुऔषध दुव्र्यसनीमा परेका छन् । विश्वविद्यालयका एक प्राध्यापकले उनीहरुलाई लागुऔषध बेच्ने गरेको प्रहरीले थाहा पाएको छ ।

प्रहरीले विश्वविद्यालयका निर्देशक डा. अबुजार, सुरक्षा अधिकृत सैयद एजाज शाह र अल्ताफ नामका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एजाजका २ वटा फोनबाट यी पोर्न क्लिपहरु फेला पारेको हो ।प्रहरीले साउन २२ गते विश्वविद्यालयमा छापा मारेको थियो तर विश्वविद्यालय प्रशासनले यो संस्था र विद्यार्थीविरुद्धको षड्यन्त्र भएको बताएको छ ।यसैबीच प्रहरीले विश्वविद्यालय हाम्रो निशाना होइन, लागुऔषध तस्करलाई पक्रन चाहन्छौं भनेका छन् ।

नग्न भिडियो प्रकरणमा सुरक्षा अधिकारीसँगै विश्वविद्यालयका अन्य प्राध्यापक र कर्मचारी पनि संलग्न छन्, जसले विद्यार्थीलाई ब्ल्याकमेल गरी उक्त भिडियो एजाजलाई पठाउन भनेका थिए । युनिभर्सिटीमा विद्यार्थी र महिला कर्मचारीलाई पनि डान्स र सेक्स पार्टीका लागि जबरजस्ती गरिएको प्रहरीले जनाएको छ । दक्षिण पञ्जाबको शिक्षा विभागले पनि यस विषयमा छानबिन गर्नेछ। यसको अनुसन्धान प्रतिवेदन तीन दिनभित्र बुझाइने छ ।

सम्बन्धित समाचार