२०८३ बैशाख २४ गते , विहीबार

चिनियाँसहित विदेशीलाई निशाना बनाइरहेका १० आतंकवादी पक्राउ

sajilo news
एजेन्सी
२०८० श्रावण १३ गते , शनिबार
चिनियाँसहित विदेशीलाई निशाना बनाइरहेका १० आतंकवादी पक्राउ

पाकिस्तानले १० आतंककारी पक्राउ गरेर ठूलो सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।

पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो। सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ।

बिज्ञप्ति अनुसार संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन्। आतंककारीको साथबाट प्रतिबन्धित संगठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पुर्‍याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए। शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ ।

यसैबीच, पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।

सम्बन्धित समाचार