२०८३ बैशाख २४ गते , विहीबार
पाकिस्तानमा रेल दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तीमा २८ जनाको ज्यान गएको छ । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ ।
बिबिसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन ।