२०८३ बैशाख २४ गते , विहीबार

हिमाञ्चल प्रदेशमा सडक दुर्घटना, छ प्रहरी अधिकारीको मृत्यु

sajilo news
एजेन्सी
२०८० श्रावण २७ गते , शनिबार
हिमाञ्चल प्रदेशमा सडक दुर्घटना, छ प्रहरी अधिकारीको मृत्यु

नयाँ दिल्ली ।  भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो ।  ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

सम्बन्धित समाचार