पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर-उल-हक काकर नियुक्त
पाकिस्तानी । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएको हो ।
प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बने। कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो ।
सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य थिए । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए ।