२०८३ बैशाख २३ गते , बुधबार

आज साउनको अन्तिम सोमबार, शिवालयहरुमा भीड

sajilo news
झापा
२०८० श्रावण २९ गते , सोमबार
आज साउनको अन्तिम सोमबार, शिवालयहरुमा भीड

आज असाउन महिनाको  अन्तिम सोमवार। भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ।

साउन महिनालाई शिवको विषेश महिना मानिन्छ। साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन्।  साउन महिनाको सोमवार शिवको पूजा आराधान गरे मनोकाक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ। शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको वारेमा उल्लेख गरिएको छ। 

साउन महिनामा शिवको पूजा आाराधना सहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन्।  यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ।

सम्बन्धित समाचार