२०८३ बैशाख २४ गते , विहीबार

भारतको हिमाचलमा बाढी-पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्यो

sajilo news
एजेन्सी
२०८० श्रावण ३० गते , मंगलबार
भारतको हिमाचलमा बाढी-पहिरो : ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्यो

भारतको हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ। मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेका छन्। त्यसैले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ। भारतीय मौसम विज्ञान विभाग ‘आईएमडी’ ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा ७५२ सडक बन्द गरिएको छ। 

सम्बन्धित समाचार