२०८३ बैशाख २४ गते , विहीबार

पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० श्रावण ३० गते , मंगलबार
पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु

मस्को । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।

सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर  विस्फोट भएको उद्धारकर्मीहरूले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।

रुसको आपत्कालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ ।  घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको रुसी उपस्वास्थ्य मन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरूलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।

घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपत्कालीन सेवाले जारी गरेको विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

 

सम्बन्धित समाचार