२०८३ बैशाख २४ गते , विहीबार

झण्डै एक लाख श्रीलङ्काली खडेरीको चपेटामा

sajilo news
एजेन्सी
२०८० श्रावण ३२ गते , विहीबार
झण्डै एक लाख श्रीलङ्काली खडेरीको चपेटामा

पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार  खडेरीको चपेटामा परेका छन्।  श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले  जनाएको छ। 

डिएमसीले आज सार्वजनिक गरेको  आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ। सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन्।

यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए। कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन्।

श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ।

सम्बन्धित समाचार